स्वावलम्बन विकास केन्द्र

लघुउद्यमशीलता विकास कार्ययोजना समिक्षा

स्वावलम्बन विकास केन्द्रले जुम मार्फत २०७७ माघ १८ र १९ गते आयोजना गरेको लघुउद्यशीलता विकास तालिममा सहभागीहरुले सिकेका सीप र ज्ञानको आधारमा तयार पारेको ६ महिने कार्ययोजनाको प्रगति वारे एक महिना पछि अनुगमन समिक्षा गर्ने प्रद्धति अनुसार २०७७ फागुन २१ गते तालिमको समिक्षा बैठक सम्पन्न भएको छ ।

समिक्षा बैठकमा सहभागीहरुले तालिममा सिकेका सीप र ज्ञानहरु तालिम पछिको एक महिनामा कसरी सदुपयोग गरियो र यसले कस्तो परिवर्तन आयो भन्ने बारे आ–आफ्नो प्रगति प्रस्तुत गरेका थिए । तालिम पछि योजनाबद्ध ढंगले काम गरेको र विशेष गरी सम्भावित उद्यमीहरुको छनौट गर्ने, उद्यमीहरुको वर्गीकरण गर्ने, उद्यम वा व्यवसाय छनौट, लगानी तथा मुनाफा विश्लेषण लगायत सदस्यको व्यवसायको व्यवसायिक योजना वनाउने जस्ता कामहरु भएको र यसले नयाँ सदस्यहरुलाई उद्यमी वनाउन तथा फिल्डमा काम गर्न समेत सहज भएको जानकारी आदाना प्रदान गरियो ।
समिक्षा बैठकलाई सहजीकरण गर्दै स्वावलम्बन विकास केन्द्रका निर्देशक सतिश श्रेष्ठले सदस्यहरुलाई व्यवसायिक योजना सहित अगाडि वढ्नु पर्ने भएकोले सदस्यहरुलाई ऋण दिएर मात्र नपुग्ने र उनीहरुको व्यवसायको वजार, सदस्यले उत्पादन गरेको वस्तु अनुसारको माग र मुल्य निर्धारण, प्याकेजीङ्ग, लेवलीङ्ग गरी व्रान्ड वनाउन पनि लघुवित्तकर्मीले सघाउनु पर्ने धारणा राखे । यो संगै श्रेष्ठले पूँजीगत आम्दानी मात्र नभई उद्यमी सदस्यहरुले प्राप्त गरेको आत्मसम्मान तथा उद्यम गर्दा उसले आर्जन गरेकोे सीप तथा ज्ञानलाई पनि ध्यान दिनु पर्नेमा पनि जोड दिए ।
श्रेष्ठले अवका दिनमा शाखा तथा फिल्डमा काम गर्ने लघुवित्तकर्मीहरुले सदस्यहरुलाई प्यान तथा भ्याटमा दर्ता गराउन प्रोत्साहित गर्नु पर्ने, साधारण सदस्य र उद्यमी सदस्य फरक हो भन्ने हेक्का राख्ने, नयाँ र उच्च मुल्य दिने खालका उद्यम वा व्यवसाय छनौट गर्न सघाउने र व्यवसाय विश्लेषण गर्दा मुख्य गरी आर्थिक, सामाजिक र प्राविधिक पक्षलाई सुक्ष्म ढंगले विश्लेषण गर्न सुझाव दिए ।
समिक्षा बैठकमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ फिल्ड अधिकृत अर्जुन कुमार ठाकुर र शाखा प्रवन्धक ज्ञानी कुमारी चौधरी, सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडका वरिष्ठ फिल्ड अधिकृत राजेन्द्र शेर्मा लिम्बु र दुर्गामणी पौड्याल, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रवन्धक राजकुमार दास वानिया र राजन थापा, नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रवन्धक नसीव लाल साह, किसान वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका शाखा प्रवन्धक सुरेश बहादुर चौधरी र डम्वर राज जैशी, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ फिल्ड अधिकृत हरीकला कँडेल, कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वरिष्ठ अधिकृत मोहन वहादुर राजवंशी, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रवन्धक राजेन्द्र कुमार श्रेष्ठ, पे्रम वंश न्यौपाने र तीर्थ वहादुर श्रेष्ठ, श्री उदयदेव वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका फिल्ड सहायक करण राज ओझा र मिलन भट्ट को सहभागिता रहेको थियो ।  
लघुृद्यमी सदस्य पहिचान तथा उद्यमशीलता विकास प्रवद्र्धन समिक्षा बैठकको समन्वय केन्द्रका तालिम अधिकृत रेणु प्रजापती र सहायक द्वय टसि ल्हमु शेर्पा र श्रद्धा जोशीले गरेका थिए ।

समाचार

सुचना