स्वावलम्बन विकास केन्द्र

परिचय

स्वावलम्बन विकास केन्द्र २०४८ सालमा स्थापित गैर सरकारी संस्था हो । विपन्न र उपेक्षित वर्गलाई स्वावलम्बन विकास प्रक्रियामा संलग्न हुन उत्प्रेरण गर्ने तथा स्वावलम्बन समूह र संस्थाहरुको प्रवद्र्धनमा सघाउने अभिप्रायले यस केन्द्रको स्थापना भएको हो । यस केन्द्रले स्वावलम्बन समूहहरुलाई आफ्नो समस्या र आवश्यकता पहिचान गर्न, संभाव्य आर्थिक तथा सामाजिक कार्यक्रमहरु तर्जूमा तथा सञ्चालन गर्न एवं आवश्यक स्रोत र साधन परिचालन गर्न सहयोग उपलब्ध गराउँदै आएको हो ।
यस केन्द्रले सामुदायिक विकास कार्यक्रमको माध्यमबाट दुर्गम तथा विकट जिल्लाका वासिन्दाहरुको आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पु¥याउँदै आएको हो । यसैगरी पूँजीको अभावमा सीप र दक्षताको परिचालन गर्ने अबसर नपाई विपन्न अबस्थामा रहन वाध्य वर्ग, खासगरी महिलाहरुलाई समूहमा सँगठित गरी स्वावलम्बन बैंकिङ्ग कार्यक्रमको माध्यमबाट विभिन्न आयमूलक कार्यक्रमका लागि बिना धितो, सामूहिक दायित्वका आधारमा स–साना कर्जा सेवा उपलब्ध गराउँदै आएको हो ।
यस केन्द्रले सन् २०११ मा आफ्नो सम्पूर्ण लघुवित्त कार्यक्रम स्वावलम्बन लघुवित्त विकास बैंकलाई हस्तान्तरण गरेको हो ।
हाल यस केन्द्रले ग्रामिण तथा सामुदायिक विकासमा संलग्न संस्थाहरुलाई दक्ष जनशक्तिको विकासमा मद्दत पु¥याउन विभिन्न विषयका तालिम, कार्यशाला गोष्ठी, अबलोकन तथा अध्ययन भ्रमणको आयोजना गर्दै आएको छ ।
 
परिकल्पना, ध्येय र लक्ष्य
 
उद्देश्यहरु :
  • गुणस्तरीय, व्यवहारिक एवं माग आधारित लघुवित्त सम्बन्धित पाठ्यक्रम तयार पारी तालिम संचालन गर्ने
  • ज्ञान तथा स्रोत परिचालन गरी दिगो र बजारोन्मुख समाधान प्रदान गर्न सक्ने संस्थाका रुपमा स्थापना हुन लघुवित्त संस्थाहरुको क्षमता विकासमा मद्दत पु¥याउने
  • गरिबी न्यूनिकरण, सामाजिक समावेशीकरण, वातावरण व्यवस्थापन तथा अन्य विकासका मुद्दाहरुका निम्ति स्थानीय स्तरको परियोजना संचालन गर्ने
  • उपयुक्त सामुदायिक संस्था निर्माण तथा आन्तरिक र बाह्य स्रोत परिचालन गरी सम्पूर्ण कार्यहरुको  योजना, कार्यन्वयन एवं सुपरिवेक्षण गर्न सक्ने सक्षम जनशक्ति विकास गर्न मद्दत पु¥याउने
  • सामुदायिक विकास तथा लघुवित्त सम्बन्धित पहलहरुबारे अध्ययन र प्रभाव मूल्यांकन गर्ने
  • लघुवित्त संस्थाहरुबीच सञ्जाल कायम गर्ने तथा लघुवित्त संस्थाहरुको समर्थन गर्ने
  • लघुवित्त संस्थाहरुलाई व्यवसाय विकास सम्बन्धि सेवाहरु प्रदान गर्ने
  • आन्तरिक एवं बाह्य प्रशिक्षकहरुलाई टि.ओ.टि. कौशल तथा लघुवित्त सम्बन्धित ज्ञानमा पोख्त बनाउने 

 

समाचार

सुचना