स्वावलम्बन विकास केन्द्र

उत्कृष्ट महिला लघुउद्यमी सदस्य पुरस्कार को घोषणा

स्वावलम्बन विकास केन्द्रले तीन जना उत्कृष्ट लघुवित्त उद्यमी महिला सदस्यहरुलाई लघुवित्त उद्यमशीलता विकास पुरस्कार प्रदान गर्ने निर्याय गरेको छ । पुरस्कृत हुनेमा वाँके जिल्लाको राँझा स्थित बंगुरपालन व्यवसाय सञ्चालन गर्दै आएकी मनु थापा मगर, दाङ जिल्लाको लमही स्थित पशुपालन तथा तरकारी ब्यवसाय सञ्चालन गर्दै आएकी गीता चौधरी र वाँके जिल्लाको नेपालगंज स्थित गाईपालन तथा तरकारी व्यवसाय सञ्चालन गर्दै आएकी लक्ष्मी देवि खड्का रहेका छन् । पुरस्कृत मनु थापामगर युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर वाँके, गीता चौधरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, घोराही दाङ र लक्ष्मी देवि खड्का उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर वाँके संग आवद्ध उद्यमी सदस्य हुन । पुरस्कृत हुनेले जनही रु २५,०००।– नगद र प्रमाण पत्र पाउने छन् ।                                 

२०७७ भाद्र ३१ गते वसेको केन्द्रको प्रवन्ध समिति वैठकले उनिहरुको नाम अनुमोदन गरेको हो । पुरस्कारको लागि छनौट गर्न व्यवसाय वृद्धि, उत्पादन र विक्रीको प्रवृत्ति, नाफाको प्रवृत्ति, व्यवसायमा नयाँ कार्यशैलीको प्रयोग, व्यवसायको दिगोपना, समाजमा पुर्याएको योगदान, वातावरणमा पारेको सकारात्मक प्रभाव, प्रविधिको प्रयोग, व्यवसाय अनुशरणको सम्भावना, बजार व्यवस्थापनको स्थिति र स्थानीय स्तरमा श्रृजना गरेको रोजगारी लगायत १० वटा मापदण्डको आधारमा मुल्यांकन गरिएको थियो ।

लघुवित्त प्रणालीको उद्देश्य लघुउद्यमशीलताको विकास गरेर स्थानीय रुपमा रोजगारी सृजना गर्ने र  विपन्न वर्गको सामाजिक तथा आर्थिक रुपान्तरण गर्नु रहेको छ । स्वावलम्बन विकास केन्द्रले विपन्न बर्गमा आर्थिक पहँुच पुर्याएर गरीबी निवारणमा टेवा दिने लघुवित्त संस्थाहरुलाई पोत्साहित गर्दै आएको छ । यसै सन्दर्भमा लघुउद्यमी महिला सदस्यहरुमा थप उर्जा एवं हौसला पुगोस भन्ने अभिप्रायले स्वावलम्बन विकास केन्द्रले उत्कृष्ट महिला लघुउद्यमी सदस्यहरुलाई पुरस्कृत गर्ने नीति अवलम्बन गरेको छ ।

समाचार

सुचना