स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्रको तीसौँ बार्षिकोत्सव सम्पन्न

वित्तीय पहुँचको माध्यमबाट ग्रामीण क्षेत्रका विपन्न समुदायको जिवनस्तर माथि उकास्दै गरिबी निवारण गर्ने दूरदृष्टिका साथ विक्रम संबत २०४८ साल श्रावण २८ गते स्थापना भएको स्वावलम्बन विकास केन्द्रले तीन दशक लामो यात्रा पुरा गरेको छ । केन्द्रले २०७८साउन २८ गते अनलाईन जुम माध्यमबाट तीसौ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।

यस अवसरमा आयोजित छलफलमा केन्द्रका संस्थापक, प्रवन्ध समिति, संस्थागत तथा व्यक्तिगत सदस्य र संस्थागत सदस्य संस्थाका प्रतिनिधिहरु, केन्द्रलाई अगाडी वढाउन विभिन्न समयमा योगदान गर्ने व्यक्तिहरु, केन्द्रका कर्मचारी, स्रोत व्यक्ति, शुभचिन्तक र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा बोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले ३० बर्षे यात्रा पुरा भएको अवसरमा केन्द्को पारिवारीक भेटघाट र खुशी वाँडने उद्देश्यका साथ अनलाईन भेला आयोजना गरिएको वताए । “जुन बेला शुरुवात गरिएको थियो उ वेला स्वावलम्बन विकास केन्द्रको सेवा यति फस्टाउला भन्ने लागेको थिएन । देशको गरिबी निवारणमा लघुवित्तको माध्यमबाट यति योगदान गर्न सकिएला भन्ने कल्पना थिएन । तर आज सानो भए पनि राष्ट्रलाई योगदान दिन सफल भएका छौँ ।” श्रेष्ठले भने । साथै श्रेठले संस्था दिगो रुपमा अघि वढ्न सक्ने गरी आत्मनिर्भर रहेको पनि वताए । “विगतमा समस्या हुदा कर्मचारीले ५ प्रतिशत योगदान गर्ने लगायत अन्य कोषहरु वनायौँ । उ बेला कमिलाले बर्खाको झरीमा वच्नको लागि दुलोमा घर वनाउने सामाग्री जम्मा गरे जस्तै मुठ्ठी मुठ्ठी जम्मा गरेर अहिले हामी सहज अवस्थामा छाँैँ । कोरोना महामारी शुरु भए देखि नै आम्दानी भएको छैन् । अहिले धेरै कार्यक्रम निशुल्क गरेका छौँ । कर्मचारीहरु र अन्य सम्पूर्ण खर्च विगतको बचतबाट दिएका छौँ ।स्वावलम्बन लघुवित्तमा रहेको लगानीले गर्दा पनि अहिले स्वावलम्बन विकास केन्द्रले वाँच्न सफल भएको छ ।” श्रेष्ठको भनाई थियो ।

केन्द्रका परिकल्पनाकार समेत रहेका श्रेष्ठले संस्थालाई यो उचाईमा पुर्याउन योगदान गर्ने सहकर्मी तथा अन्य सबैलाई स्मरण गर्नुका साथै केन्द्रले हासिल गरेको उपलब्धिमा खुशी ब्यक्त गरे । साथै श्रेष्ठले शुरुका दिनमा जुम्ला र कालिकोट जिल्लाको कुना काप्चा पुगेर कामको शुरुवात गरेको पनि स्मररण गरे । “उ वेला कर्णालीमा कार्यक्रम गर्नु चानचुने कुरा थिएन । विकटताको कारण स्स्थनीयलाई नुन तेल जोह गर्न समेत कठिन थियो । जुम्लामा हामी आफैलाई खानको लागि पनि चिनी, चामल, तरकारी नेपालगञ्जबाट लिएर जानुु पथ्र्यो । स्वावलम्बन विकास केन्द्रको परियोजना शुरु भए पछि काउली, गाजर जस्ता तरकारी स्थानीयले नै उत्पादन गर्न सिके । स्थानीय स्तरमा मुख्यतयाः उ वेला गरेका कार्यक्रमले वित्तीय अवस्था सुधार हुनुको साथै वन संरक्षण, पोषणमा सुधार, आर्थिक सवलीकरण र समुदायको सशक्तिकरण तथा पूर्वाधार निर्माणको क्षेत्रमा निकै ठुलो सफलता प्राप्त भएको थियो ।” स्थापनाकाल सम्झदै श्रेष्ठले भने ।

गरिबी निवारण गर्ने लक्षलाई सघाउन अपील गर्दै श्रेष्ठले स्वावलम्बन विकास केन्द्रले ३० बर्ष पुरा गरेको उपलक्ष्यमा हरेक सदस्य संस्थालार्ई कम्तिमा १०० जना दिनहिनहरुलाई स्वावलम्बी भएर दुई छाक खान पुग्ने अवस्थामा पु¥याउन र हरेक संस्थाले ५०० सय जना सदस्यका छोराछोरीलाई स्वरोजगार वनाउने पहल गर्न अनुरोध गरे ।

सो अवसरमा बोल्दै केन्द्रका संस्थापक सदस्य डा. सुमित्रा मानन्धर गुरुङ्गले नेपालमा गैरसरकारी क्षेत्रको शुरुवात संगै स्वालम्बन विकास केन्द्रको स्थापना भएको स्मरण गराईन । नेपालमा हजारौँको संख्यामा गैरसरकारी संस्था स्थापना भएको तर दिगो रुपमा थोरै मात्र चलेको र ती थोरै मध्येको एक स्वावलम्बन विकास केन्द्र भएको वताईन । केन्द्रलाई यो सफलतामा पु¥याउन कुशल नेतृव्व, स्पष्ट दृष्टिकोण, उचित संस्थागत सुशासन,  अनुशासन, संस्कार, पारदर्शिता तथा प्रतिबद्धता जस्ता कारणहरु रहेको डा. सुमित्राको भनाई थियो ।

सोही अवसरमा बोल्दै संस्थाका सदस्य राम कुमार श्रेष्ठले स्वावलम्बन विकास केन्द्रले विकट क्षेत्र र गरीब समुदाय विचमा किन र कसरी काम गर्नु पर्छ भन्ने उदाहरण स्थापित गरेको धारणा राखे ।

छलफल कार्यक्रममा उपस्थित सदस्य तथा अन्य वक्ताहरुले केन्द्रले भविष्यका दिनमा कसरी अघि वढ्ने, के सुधार ल्याउने ? कसरी सुधार्ने ? लघुवित्त क्षेत्रलाई कसरी थप प्रभावकारी वनाउन सघाउने जस्ता विषयमा आ–आफ्नो सुझाव, धारणा तथा अपेक्षाहरु राखेका थिए ।

विगत ३० बर्षको दौरानमा केन्द्रले पिछडिएको समुदाय, विपन्न बर्ग, विशेषतः गरीव पिछडिएका महिला वर्गको सामाजिक र आर्थिक अवस्था उकास्न विभिन्न परियोजना तथा कार्यक्रमहरु संचालन गरेको छ । विक्रम संवत २०४८ साल पुष १७ गते नेपालकै विकट क्षेत्र कर्णालीको जुम्ला जिल्लाबाट सामुदायिक स्वावलम्बन विकास परियोजना संचालन गरेर गरिबी निवारण कार्यको शुरुवात गरेकोमा २०४९ सालमा पूर्वी तराईका सिरहा, सप्तरी र उदयपुरको एक–एक वटा गाउँमा स्वावलम्बन बंैकीङ कार्यक्रम शुरुवात गरेकोे थियो । गरिब र विपन्न महिलाहरुमा वित्तीय पहुँच पु¥याउने लक्षका साथ परीक्षणको रुपमा शुरु गरिएको यो कार्यक्रमको सफलता पछि स्वावलम्बन बैकीङ कार्यक्रम अन्य जिल्लामा पनि विस्तार भएको हो । विक्रम संवत २०५१ सालमा शुरु भएको स्वावलम्बन लघुवित्त कार्यक्रम विक्रम संवत २०५८मा ८ जिल्लाका ३५ हजार भन्दा वढी सदस्य र २९ हजार ऋणी सदस्यहरु सहित स्वावलम्बन लघुवित्त विकास बैँक  (हाल स्वावलम्बन लघुवित्त वितीय संस्था लि.)मा रुपान्तरण भयो । यसको करिव एक दशक पछि थप १४ जिल्लाका ५८ हजार ४ सय ४१ सदस्य सहित जिन्सी, नगद तथा मानव श्रोत स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरेको थियो । स्वावलम्बन विकास केन्द्र विपन्न वर्ग माँझ लघुवित्त कार्यक्रम संचालन गर्न नेपाल राष्ट्र बैकवाट स्विकृती प्राप्त गर्ने पहिलो संस्था हो ।

लघुवित्त कार्यक्रम स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हस्तान्तरण गरे पछि केन्द्रले हाल लघुवित्त कार्यक्रम संचालन गर्ने ‘घ’ वर्गका लघुवित्त संस्था र सहकारी संस्थाहरुका पदाधिकारी र कर्मचारीहरुको दक्षता र सीप अभिबृद्धि गर्न तालिम, छलफल, सभा, सेमिनार एवं स्वदेश तथा विदेशमा रहेका लघुवित्त संस्थाहरुको अध्ययन, अवलोकन भ्रमण कार्यक्रमको संयोजन तथा आयोजना गर्ने गरेको छ । यस्तै लघुवित्त सेवाग्राही सदस्यहरुको चेतना, क्षमता तथा वित्तीय साक्षरता विकास गर्नको लागि राष्ट्रिय तथा क्षेत्रिय स्तरमा सभा, सम्मेलनको पनि आयोजना गर्ने गरेको छ । ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने मुल नाराका साथ अगाडी वढेको स्वावलम्बन विकास केन्द्रले लघुवित्त कार्यक्रम संचालन गरी रहेका संस्थाहरुलाई सदस्यता प्रदान गरी आफ्नो संजालमा व्यापकता दिदै आएको छ । हाल केन्द्रका संस्थापक सदस्य सहित १२ जना व्यक्तिगत सदस्य तथा देश भरी गरी ४४ वटा संस्थागत सदस्यहरु छन् ।

केन्द्रले पछिल्लो समय विश्वकै ठुला समस्या गरिबी, वेरोजगारी र वढ्दो कार्वन उत्सर्जनको हल गर्न आफ्ना सदस्य संस्थाहरु संगको सहकार्यमा शुन्य गरिबी, शुन्य बेरोजगारी र शुन्य कार्बन उत्सर्जनको अभिान शुरु गरेको छ । यसकालागि ११औ सामाजिक व्यवसाय दिवसको अवसरमा नेपाल फोरमको आयेजना गरेर आगामी दुई बर्ष भित्र कार्यान्वयन गर्ने गरी १४ बुँदे कार्ययोजना तयार गरेको छ ।

स्वावलम्बन विकास केन्द्रले आफ्नो कार्यक्रमलाई अझ जनमुखी वनाउने क्रममा सदस्य संस्थाहरु मार्फत लघुवित्त सेवाग्राही सदस्यका छोरा–छोरीहरु तथा विदेशबाट फर्केका युवा–युवतीहरुलाई स्वदेशमा नै स्वरोजगारी दिने, स्वउद्यमी वन्ने अवसर तथा पूँजी उपलब्ध गराउने कार्यको थालनी पनि गरेको छ । केन्द्रले आफ्ना सदस्य संस्थाहरु मार्फत स्थानीय श्रोत र साधनको जगेर्ना गरी वातावरणीय सन्तुलन कायम गर्ने तथा जीवनस्तर माथि उकास्ने अभिप्रायले वातावरणमैत्री स्वावलम्बी गाउँ विकास अभियान पनि शुरु गरेको छ । यस्तै लघुउद्यमशीलता विकासमा उत्कृष्ट योगदान गर्ने संस्था र लघुवित्त सेवा प्राप्त गरी उद्यम⁄व्यवसाय गर्ने सदस्यहरु मध्येबाट उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मानित पनि गर्दै आएको छ । केन्द्रले आउँदा दिनमा गरीबी निवारण तथा सबैलाई स्वदेश मै रोजगारीको अवसर श्रृजना गर्नको लागि सदस्य संस्थाहरु सित समन्वय गरी निरन्तर अगाडी वढ्ने अठोट गर्दछ ।

समाचार

सुचना