स्वावलम्बन विकास केन्द्र

समता शैक्षिक गुठीको अक्षय कोषमा स्वावलम्बन विकास केन्द्रको आर्थिक सहयोग

स्वावलम्बन विकास केन्द्रले गरीव तथा विपन्न बर्गका वालवालिकाहरुलाई रु १०० मा नर्सरी देखि स्नाताकोत्तर सम्मको गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता शैक्षिक गुठीको अक्षय कोषमा रु दुई लाख रुपैया सहयोग प्रदान गरेको छ । २०७७ फागुन २४ गतेका दिन केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले सो सहयोग समता शैक्षिक गुठीका संस्थापक एवं अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तण गरेका छन् । अभिभावक विहिन, गरीवी तथा अन्य कारणले शिक्षाको पहुच वाहिर रहेका वालवालिकाहरुको शिक्षामा सहजता होस् भन्ने उद्देश्यले यो सहयोग गरीएको हो ।

सहयोग हस्तान्तरणको क्रममा अध्यक्ष श्रेष्ठले समता शैक्षिक गुठीले गरीवहरुको पहुँच पुग्ने गरी शिक्षा प्रदान गरेकोमा समता शैक्षिक गुठीकालाई धन्यवाद दिनुको साथै अवको दिनमा अभिभावकहरुलाई आर्थिकरुपले पनि सवल र सक्षम वनाउनु पर्ने र यसका लागि अभिभावकहरुलाई उद्यमी वनाउनु पर्ने धारणा राखे । अभिभावकहरुको इच्छा, चाहना, सीप र क्षमता वुझी उनीहरुलाई लघुवित्त कार्यक्रममा जोड्नु पर्ने श्रेष्ठको धारणा थियो । साथै अभिभावकहरुलाई उद्यमी वनाउने तथा विद्यार्थिहरुलाई शिक्षा संगै व्यवसायिक सीप सिकाउने काममा स्वावलम्बन विकास केन्द्रले समता शैक्षिक गुठी संग आफ्ना सदस्यहरु मार्फत ७७ वटै जिल्लामा सहकार्य गर्न सकिने सम्भावना रहेको वताए । समता शैक्षिक गुठीले ७७ वटै जिल्लावाट विपन्न वर्गका वालवालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ ।
सोही क्रममा अध्यक्ष श्रेष्ठले केहि विद्यार्थी र अभिभावक आमाहरु संग पनि छलफल गरेका थिए । विद्यार्थीहरुका २० जना आमाहरु संग छलफल गर्ने क्रममा श्रेष्ठले अभिभावकहरुको पारिवारिक पृष्ठभूमि, वर्तमान अवस्था, उनीहरुको रोजगारी तथा आय आर्जनको अवस्था, पेशा व्यवसाय गर्ने चाहाना, सीप तथा क्षमता लगायतका जानकारी लिएका थिए । साथै केहि गरौँ भन्ने चाहना र जाँगर भएका आमाहरु लघुवित्त संस्थामा आवद्ध भएर उद्यमी वन्न सक्ने सुझाव पनि दिएका थिए ।

यसै गरी विद्यार्थीहरु संगको अन्तरकृयामा श्रेष्ठले उद्यमशीलता प्रति उनीहरुकोे चाँसो वारे बुझेका थिए । विद्यार्थीहरुलाई पढाइ संगै व्यवसायिक सीप र आय आर्जन गरी आत्मनिर्भर वन्न सिकाउने र भविष्यमा रोजगारीको लागि विदेशिनु पर्ने परम्पराकोे अन्त्य गर्ने उद्देश्यले यस्तो छलफल गरिएको थियो । छलफलका क्रममा ३० जना विद्यार्थीहरुले व्यवसाय गर्ने चाहना राखेका थिए । उनीहरुको चाहाना अनुसार अध्यक्ष श्रेष्ठले शुरुवातमा हरेक विद्यार्थीलाई कुखुराको ५ वटा चल्ला उपलब्ध गराएर उद्यमशीलताको शुरुवात गर्ने जनाएका छन् ।
सोही अवसरमा स्वावलम्बन विकास केन्द्रका संस्थापक सदस्य तथा ग्रामीण प्रविधि केन्द्रका वरिष्ठ सल्लाहकार लुमिन कुमार श्रेष्ठले विद्यार्थिहरुको सिकाईलाई व्यवसायिक वनाउन स्कुललाई कृषिसित जोडनु पर्ने र यसमा आफु र ग्रामीण प्रविधि केन्द्रले पनि सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाए । साथै श्रेष्ठले वालवालिकाहरुको शिक्षाको लागि आफ्नो आमाको नाममा रहेको मञ्चुका स्मृति कोष वाट समता शैक्षिक गुठीको अक्षय कोषमा रु ५० हजार सहयोग पनि गरेका थिए ।

सहयोग हस्तान्तरणको अवसरमा स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरी, निर्देशक सतिश श्रेष्ठ, समता शिक्षा निकेतनका निर्देशक दिपक संञ्जेल, प्रधानाध्यापक अजय अधिकारी, लेखा प्रमुख सुरेश पौडेल लगायतकोे उपस्थिति थियो ।

स्वावलम्बन विकास केन्द्रले विगत ३ दशक देखि देशमा लघुवित्त कार्यक्रम प्रवद्र्धन गर्दै आएको छ । साथै कोरोना महामारी पछि केन्द्रले आफ्ना सदस्यहरु मार्फत गरीव तथा विपन्न बर्गका महिलाहरुलाई उद्यमी वन्न सघाउने, विद्यालयका वालवालिकाहरुलाई व्यवसायिक शिक्षा तथा सीप संग जोड्ने, वातावरण मैत्री स्वावलम्बन गाउँ निर्माण तथा प्रवद्र्धन गर्ने लगायतका कामहरुमा सघाउने गरेको छ ।

समाचार

सुचना