स्वावलम्बन विकास केन्द्र

२०७७ सालको उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कारबाट तीनजना महिला पुरस्कृत

विभिन्न लघुवित्त संस्थाबाट कर्जा लिएर सफल उद्यमी बनेका तीन जना महिला उद्यमी सदस्य पुरस्कृत भए । काठमाडौमा भएको दुई दिने तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन को समापन समारोहको अवसरमा उनीहरूलाई पुरस्कृत गरिएको हो ।

काठमाडौको धर्मस्थलीमा गाईपालन व्यवसाय गरीरहेकी महिला सहयोगी बचत तथा ऋण सहकारी संस्थाकी बबिना गुरूङ, दाङको तुलसीपुरमा गाईपालन व्यवसया गरीरहेकी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाकी सरिता रेउले र रंगेली–१, मोरङमा तरकारी खेती गरीरहेकी जीवन विकास लघुवित्त वित्तीय संस्थाकी सरिता कुमारी साह २०७७ सालको उत्कृष्ट लघुउद्यमी पुरस्कारबाट पुरस्कृत भएका हुन् । उनीहरूलाई सम्मेलन आयोजक समितिका अध्यक्ष एवं लघुवित्तका अभियन्ता शंकर मान श्रेष्ठले जनही २५ हजार रूपैयाँ र प्रमाणपत्र सहित सम्मानित गरेका हुन् ।

समाचार

सुचना