स्वावलम्बन विकास केन्द्र

वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माणको लागि त्रिपक्षीय हस्ताक्षर

काठमाडौंको चन्द्रागिरी वडा नं २, मसिने गाउँलाई “वातावरणमैत्री स्वावलम्बी गाउँ”को रुपमा अगाडी वढाउन स्वावलम्बन विकास केन्द्र, महिला सहयोगी बचत तथा ऋण सहरी संस्था र ग्रामीण प्रविधि केन्द्र विच त्रिपक्षीय सम्झौँता भएको छ । ववरमहल स्थित स्वावलम्बन विकास केन्द्रको कार्यालयमा २०७८ कार्तीक ११ गते उक्त सम्झौतामा हस्ताक्षर भएको छ ।

तीनवटा संस्थाको लामो चिन्तन र गृहकार्य पछि यो परियोजना स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको परिचालन गरी समुदायलाई आत्मनिर्भर वनाउने ढाचाँ अनुरुप कार्यान्वयनमा शुरु गरीएको यो आयोजनाको समयावधी दुई वर्षको हुनेछ । यसमा स्वावलम्बन विकास केन्द्रको आर्थिक सहयोग रहने छ भने ग्रामीण प्रविधि केन्द्रको प्राविधिक सहयोग र महिला सहयोगी वचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापकीय सहयोग रहने छ ।

हाल आयोजनाले स्थानीय किसानहरूलाई बाख्रा पालन व्यवसाय सम्वन्धी परिचयात्मक तालिम र घाँस खेतीको सम्भावना बारे अवलोकन भ्रमण सम्पन्न गरेको छ भने अन्य थप गतिविधिहरु जारी रहेका छन् ।

हस्ताक्षर समारोहमा वोल्दै स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले तीनवटा प्रतिष्ठित संस्थाहरूले मसिने गाउँलाई स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोगरी समुदायको जीवनस्तर माथि उठाउने अवधारणा अनुसार मसिने गाउँलाई आत्मनिर्भर र सम्पन्न वनाउने प्रयास गरेको वताए । “यो आयोजना वातावरणमैत्री स्वावलम्बन गाउँ विकास अभियान अन्तरगतको थप एउटा पाइँला मात्र हो; हामीले आगामी दिनमा यस्ता धेरै योजनाहरु बनाउने योजना वनाएका छौँ ।” गिरीले भने ।

ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक डा. पुरुषोत्तम श्रेष्ठले यो आयोजनालाई ग्रामीण प्रविधि केन्द्रले प्राथमितामा राखेको र स्वयम आफैले यसको कार्यन्वयनको लागि प्राविधिक पक्षको निगरानी गरिरहेको जानकारी गराए ।

महिला सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निर्मला आचार्यले यो तीन संस्थाको सपनाको परियोजना भएकोले कार्यन्वयनमा कुनै कसर वाँकी नराखी उत्कृष्ट काम गर्नु पर्ने धारणा राखिन् ।

समझदारी पत्रमा हस्ताक्षरको अवसरमा स्वावलम्बन विकास केन्द्रका निर्देशक सतीश श्रेष्ठ र  अधिकृत दीपेन्द्र जोशी, महिला सहयोगी बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख नानि शोभा महर्जन र ग्रामीण प्रविधि केन्द्रका उप–निर्देशक निरज श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

समाचार

सुचना