स्वावलम्बन विकास केन्द्र

ई–पुस्तकालय स्थापनाका लागि स्वावलम्बन विकास केन्द्रको सहयोग

स्वावलम्बन विकास केन्द्रले काठमाडौँ जिल्लाको, तारकेश्वर नगरपालिका वडा नं १ मा अवस्थित श्री कुञ्जिप्वाकल माध्यमिक विद्यालयलाई ई–पुस्तकालय सञ्चालन गर्न २०७७ साल पुष २५ गते शनिवार रोटरी क्लव वालाजुले सहयोग हस्तान्तरण सम्बन्धी आयोजना गरेको समारोह वीच केन्द्रका कार्यकारी प्रमुख बेचन गिरी तथा निर्देशक सतिश श्रेष्ठ सहितको टोलीले आवश्यक उपकरण सहितको एक थान डेस्कटप कम्प्यूटर हस्तान्तरण गरेको छ ।

सोही अवसरमा रोटरी क्लव वालाजुले पनि सो विद्यालयका विद्यार्थीहरुलाई मास्क तथा विभिन्न दाताहरुको सहयोगमा संङ्कलित शैक्षिक सामाग्रीहरु, कपी, पेन्सिल हस्तान्तरण गरेको छ ।उक्त सहयोग हस्तान्तरण समारोहमा वोल्दै स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले शिक्षालाई प्रविधिमैत्रि वनाउनु पर्ने बर्तमान आवश्यकतालाई मध्यनजर गर्दै केन्द्रको तर्फवाट यो सहयोग गरिएकोे र यसले विद्यालयको ई–पुस्तकालय स्थापना गर्ने कार्यमा एउटा ईटा थप्ने धारणा राखे । यसै गरी केन्द्रले मुलुकमा लघुउद्यमशीलता विकास तथा प्रवद्र्धन गर्ने लक्षका साथ लघुवित्त कार्यक्रम सञ्चालन गर्ने आफ्ना सदस्य संस्थाहरु संगको सहकार्यमा विद्यालय स्तरवाटै व्यवसायिक सीपमुलक शिक्षा सञ्चालनमा काम गर्ने योजना वनाएको जानकारी दिए । यसले रोजगारीका लागि कलिलै उमेरमा विकसित हुने विदेश प्रतिको मोह घट्ने, स्वदेशमै दक्ष र सक्षम जनशक्ति उत्पादन हुने र विदेशी उत्पादनमा परनिर्भरता घटाउन सहयोग पुग्ने गिरीको धारणा थियो । यस्तै केन्द्रले जलवायु परिवर्तनका कारण देखा परेका संकटहरु न्यूनिकरणमा वल पु¥याउने उद्देश्यले वातावरण मैत्री गाऊँ (इको भिलेज) निर्माणको काम गरी रहेको पनि जानकारी गराएका थिए ।

अवसरमा रोटरी क्लव वालाजुका अध्यक्ष पे्रम ढुंगानाले ई–पुस्ताकालय निर्माण गर्ने विद्यालयको अभियान संग रोटरी क्लव वालाजु सहकार्य गर्दै आएको र सहयोग निरन्तर रहने जानकारी दिए ।

कुञ्जिप्वाकल माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु नेपालले यहाँको समुदाय पुस्ताँै देखि गुणस्तरीय शिक्षाको पहुँच बाहिर रहेको र अवको पुस्तालाई गुणस्तरीय र समय सुहाउँदो शिक्षा प्रदान गर्न र विश्व वजारमै प्रतिस्पर्धी बनाउन विद्यालय लागि परेको वताए । ई–पुस्तकालय र श्रब्यदृश्य कक्षा सञ्चालन गर्ने योजना अनुसार हाल सम्म ४ वटा कम्प्यूटर जुटाउन सफल भएको र थप १० वटा आवश्यक रहेको जानकारी दिए ।

मुलुकको संघीय राजधानीमै भएको योे क्षेत्र आर्थिक रुपले विपन्न र सामाजिक रुपले पिछडिएको छ । करीव ८० प्रतिशत तामाङ समुदायको वसोवास रहेको यो क्षेत्रमा २–३ परिवार दलितहरु तथा वाँकी वाहुन क्षेत्रीको वसोवास छ । यहाँ शिक्षाको स्तर माथि उठ्न सकेको छैन् । अधिकांस अभिभावक संग शिक्षामा लगानी गर्नु पर्छ भन्ने चेतना र धन दुवैको अभाव छ । धेरै जसो स्थानीयहरु परम्परागत पेशामै निर्भर छन् । पछिल्लो समय नुवाँकोट– काठमाडौ जोड्न पासाङ ल्हामु राजमार्ग निर्माण संगै अन्य भौतिक विकासले व्यापार, व्यवसायको अवसर जुराइ दिएको छ । अहिले यहाँ आन्तिरक पर्यटन फस्टाउँदो छ भने स्थानीयको उत्पादनले गतिलो वजार र मुल्य पाउन थालेको छ । पूर्वाधार निर्माण तथा भौतिक विकासको होड संगै प्राकृतिक स्रोत र साधानको संरक्षण सहितको दिगो विकास यद्यपि चुनौतिपूर्ण वन्दै गएको छ ।

कुञ्चिप्वाकल माध्यमिक विद्यालय यस भेगका करिब ४ सय घरपरिवारका वालवालिका पढ्ने विद्यालय हो । नजिकको अर्को विद्यालय यहाँ वाट करिब डेढ घण्टाको दुरीमा छ । हाल यहाँ अध्ययनरत २०० विद्यार्थीहरु मध्ये अधिकांस गरीब तथा पिछडीएको परिवारका छन् । यो विद्यालयका कारण पछिल्लो समय हरेक घरको कम्तिमा एउटा सदस्यले विद्यालय शिक्षा पुरा गर्न सफल भएका छन् भने वालिकाहरुको शिक्षामा उल्लेख्य सुधार आएको छ । वि.सं. २०७२ सालको महाभूकम्पमा पूर्ण रुपले क्षतिग्रस्त भएको यो विद्यालयलाई करीव चार बर्ष जस्ताको टहरा वाट पठनपाठन सञ्चालन गर्नु परेको थियो । हाल नेपाल सरकार पुनर्निर्माण कार्यक्रम अन्तर्गत बिद्यालय भवन वने पनि विद्यालयमा पर्याप्त शैक्षिक पूर्वाधार छैन् । पर्याप्त शैक्षिक पूर्वाधार जुटाउन सके यस क्षेत्रको शैक्षिक स्तर तथा सामाजिक विकासले फड्को मार्ने निश्चित छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

समाचार

सुचना