स्वावलम्बन विकास केन्द्र

स्वावलम्बन विकास केन्द्रको प्रवन्ध समिति निर्विरोध चयन

स्वावलम्बन विकास केन्द्रको ३१ औँ साधारण सभाले आगामी दुई वर्षको लागि सात सदस्यीय प्रबन्ध समितिको चयन गरेको छ । जसमा स्वावलम्बन विकास केन्द्रका संस्थापक सदस्य शंकर मान श्रेष्ठ र डा. सुमित्रा मानन्धर गुरुङ, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरी, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्य, किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक डम्बर बहादुर शाह, चारतारे युवा क्लबका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेल र नेपाल महिला सामुदायिक सेवा केन्द्रकी सहसचिव गिता कुमारी योगी गिरी रहनु भएको छ ।

साधारण सभा समापन पछि बसेको प्रबन्ध समितिको बैठकले केन्द्रका पदाधिकारीहरू समेत चयन गरेको छ । बैठकले अध्यक्षमा शंकर मान श्रेष्ठ, उपाध्यक्षमा महेन्द्र कुमार गिरी र कोषाध्यक्षमा शोभा बज्राचार्यलाई चयन गरेको छ ।

समाचार

सुचना