स्वावलम्बन विकास केन्द्र

लघुवित्तका प्रफुल्लित नेतृत्वबाट गरिबी शुन्यमा झार्न सकिन्छ

कुनै पनि क्षेत्रमा नेतृत्वकर्ताको खुसी र सन्तुष्टिको सामाुहिकताबाट मात्र सकारात्मक परिवर्तन सम्भव हुने भएकोले लघुवित्तका नेतृत्वकर्ताहरु पनि खुसी र प्रफुल्लित हुनुको साथै उद्देश्य केन्द्रित हुन सके मात्र परिवर्तन सम्भब हुने कुरामा विज्ञहरु सहमत देखिएका छन् ।

स्वावलम्बन विकास केन्द्रले २०७८ साल जेष्ठ १७ गते आयोजना गरेको आठौँ अनलाइन संम्वाद श्रृखला अन्तर्गत ‟खुसी नेतृत्वले संसार बदल्न सक्छ (Happy Leader Can Change the World)ˮ विषयक वेविनारका वक्ता तथा विज्ञहरुले यस्तो निस्कर्ष निकालेका हुन् ।

वेविनारका वक्ता तथा लाइफ गुरु विकल प्रसाद शेरचनले वेविनारलाई सम्बोधन गर्दै सफलताको लागि नेतृत्व खुसी र उर्जावान हुनु आवश्यक रहेको उल्लेख गरे । “एउटा नेतृत्व खुसी भए उसको मातहतका कर्मचारी उर्जाशील रहन्छ र उसले प्रवाह गर्ने सेवा पनि प्रभावकारी हुने कुरा प्रमाणित भएकोले अहिले विश्वका ठूल्ठूला औद्योगिक प्रतिष्ठानले समेत हामी कसरी खुसी हुन सक्छौँ भन्ने कुराको खोज तथा अभ्यास गरी रहेका छन् ।” शेरचनले भने । हरेक मनुष्यसँग खुसी हुने क्षमता रहेको र हरेक मान्छेले खुसीको चाहना पनि राख्ने तर धेरै जसो मान्छे दुःखी रहेको उल्लेख गरे । ”

वेविनारका वक्ता तथा लाइफ गुरु विकल प्रसाद शेरचनले वेविनारलाई सम्बोधन गर्दै सफलताको लागि नेतृत्व खुसी र उर्जावान हुनु आवश्यक रहेको उल्लेख गरे । “एउटा नेतृत्व खुसी भए उसको मातहतका कर्मचारी उर्जाशील रहन्छ र उसले प्रवाह गर्ने सेवा पनि प्रभावकारी हुने कुरा प्रमाणित भएकोले अहिले विश्वका ठूल्ठूला औद्योगिक प्रतिष्ठानले समेत हामी कसरी खुसी हुन सक्छौँ भन्ने कुराको खोज तथा अभ्यास गरी रहेका छन् ।” शेरचनले भने । हरेक मनुष्यसँग खुसी हुने क्षमता रहेको र हरेक मान्छेले खुसीको चाहना पनि राख्ने तर धेरै जसो मान्छे दुःखी रहेको उल्लेख गरे । ”

शेरचनले मानिसले आफू भित्र मुख्यतया तिन वटा प्रश्नको सोधखोज गरे मानिस खुसी हुन सक्ने बताए । “म को हुँ भनेर चिन्ने, मेरो जीवन वा जिम्मेवारी के हो भनेर बुझ्ने र मेरो लक्ष र उदेश्य के हो भन्ने सोधखोज गरी वास्तविकता पहिचान गर्न सके हरेक मानिसले खुसी प्राप्त गर्न सक्छ” उनले भने “भौतिक सुख र सम्पतिले मात्र मानिस कहिल्यै सुख प्राप्त गर्न सक्दैन । म सचेत प्राणी हँु भन्ने बुझ्ने, मनको कुरा बुझेर वर्तमानमा बाँच्न सिक्ने र उद्देश्यमा कटिबद्ध हुने । लघुवित्तको लक्ष पैसा कमाउनु हो । पैसा पनि कमाउनुस् तर यसको उद्देश्य भनेको गरिबलाई आर्थिक र सामाजिक रुपमा सवल र सक्षम बनाउने नै हो । यो उद्देश्य पूरा भए मात्र लघुवित्तको नेतृत्वलाई आनन्द मिल्छ र त्यो आनन्द नै खुसी हो । पैसाले मात्र प्राप्त गर्ने खशि क्षणीक हुन्छ, टिकाउ हुदैन”

शेरचनले वर्तमान अवस्थामा दःुखको प्रमुख कारण भनेको आम मानिसहरु विगतबाट पछुताउने र भविष्य सँग चिन्तित भएर बाँच्ने गरेको तर उद्देश्य तय गरेर जीवन वर्तमानमा बाँच्न सके मानिसले दुखी हुनु पर्ने कुनै कारण नभएको उल्लेख गरे ।

अहिले लघुवित्तको अवस्था आर्थिक रुपले बलियो भएको बताउँदै शेरचनले अब गरिबी निवारणमा केन्द्रित हुनु पर्ने धारणा राखे । “दिएर लिने प्रकृतिको सिद्धान्त हो । त्यसैले हामी दिएर लिन्छाँै, सधै भरी लिने मात्र हँुदैन ।  यसलाई लघुवित्तले पनि लागु गर्नु पर्ने अवस्था छ । अव लघुवित्तले दिने वेला आई सक्यो । अब पनि गरिबको पक्षमा लगानी गर्न सकेन भने मलाई लाग्छ लघुवित्तको भविष्य छैन ।” शेरचनले थपे ।

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा वेविनार कार्यक्रमका सभाध्यक्ष शंकर मान श्रेष्ठले कार्यक्रमका वक्ता विकल शेरचनलाई धन्यवाद दिदै शेरचनका विचार लघुवित्तको अवस्थासंग ठ्याक्कै मेल खाएको र लघुवित्तकर्मीले आत्मसात गर्नु पर्ने धारणा राखे । श्रेष्ठले लघुवित्तकर्मीहरु उद्देश्य विपरीत चलेको कारण यस क्षेत्रमा उर्जा र हौसला हराएर अशान्ति पैदा भएको उल्लेख गरे । “लघुवित्तको शुरुवाती कालमा कर्मचारीले एक हजार रुपैयाँमा काम गर्थे । तर पनि उनीहरुमा लगन, मेहनत र उर्जा थियो । कर्मचारी देखि ब्यवस्थापन सम्मका सबैले हरेक दिन विहान देखि बेलुका सम्म ऋणी सदस्यको प्रगतिबारे छलफल गरी नथाक्ने अवस्था थियो । अहिले सबै लघुवित्त धनी भएका छन् । कर्मचारीलाई राम्रो तलब दिएका छन्, लगानीकर्तालाई भने जस्तो लाभांस बाँड्न सक्ने भएका छन् । तर पनि अहिले लघुवित्तमा किन खुसी, सन्तुष्ति र शान्ति छैन् ?” लघुवित्तको विगत स्मरण गर्दै श्रेष्ठले प्रश्न गरे ।

विकल प्रसाद शेरचनले भने जस्तै उद्देश्य अनुरुपमा लघुवित्तको नेतृत्व गर्ने प्रमुख कार्यकारीहरुले म को हुँ र मेरो जिम्वेवारी के हो भन्ने बोध गरेर जागरुकताको साथ अघि बढे खुसी मिल्ने र त्यसले लघुवित्तको सानो संसार परिवर्तन गर्न सघाउने श्रेष्ठको धारणा थियो । गरिब तथा विपन्न वर्गको उत्थानको लक्ष, उद्देश्य र सिद्धान्तका साथ अघि बढ्नु पर्नेे लघुवित्त क्षेत्रकोे संस्कार, संस्कृति र संकल्प अहिले मुनाफा केन्द्रित हुन गएको भन्दै श्रेष्ठले अब त्यसलाई पुनस्र्थापित गर्न जरुरी रहेको र यो काम लघुवित्तको नेतृत्वले गर्नु पर्ने उल्लेख गरे । “सम्बोधनको क्रममा विकल शेरचनले भनेका कुरा यहाँ उपस्थित सबै लघुवित्तको नेतृत्वले व्यवहारमा लागु गर्न जरुरी छ । नयाँ शिराबाट सोचौँ । गरिबी निवारण गर्न लघुवित्त सँग पर्याप्त सिप, क्षमता र दक्षता छ । अझै पनि १२ लाख जति गरिब परिवार लघुवित्तबाट वञ्चित छन् । लघुवित्त संस्थासंग बर्तमानमा रहेका कर्मचारी र लघुवित्त सदस्यको अनुपात हेर्दा एक जना कर्मचारीले करिब ६० जना गरिबी शुन्यमा झार्न सकिन्छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष २०३० अगाडीनै नेपालले गरिबी उन्मुलन गरेर देखाउन सकिन्छ ।” श्रेष्ठले भने ।

खुला छलफलका क्रममा सहभागीहरु मध्येबाट तिर्था राना, मणी कुमार अज्र्याल, सुन्दर प्रसाद श्रेष्ठ, लक्ष्मेश्वर देवकोटा, उदयराज खतिवडा लगायतले आफ्नो जिज्ञासा राखेका थिए ।

लघुवित्तको उद्देश्य अनुरुप गरिब तथा विपन्न वर्गको उत्थानका लागि नेतृत्वलाई जागरुक बनाउन स्वावलम्बन विकास केन्द्रले यो संवाद श्रृखलाको आयोजना गरेको हो । वेविनारमा ४९ वटा लघुवित्त तथा सहकारी संस्थाका २ सय २६ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।

समाचार

सुचना