स्वावलम्बन विकास केन्द्र

स्व–सक्षमताका लागि आत्म प्रेरणा तालिम प्रभावकारी

कोरोना महामारी र यसवाट उत्पन्न परिस्थितिको कारण असहज र अनियमित वनेको दैनिकीलाई कृयाशील एवं उर्जाशील वनाउने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले २०७७ माघ ५ र ६ मा आयोजना गरेको स्व–सक्षमताका लागि आत्मप्रेरणा अनलाईन तालिम प्रभावकारी भएको पाइएको छ । २०७७ चैत्र २२ गते उक्त तालिम वारे सम्पन्न समिक्षाले उक्त दुई दिने तालिमले लघुवित्त कर्मचारीहरुको व्यवहार परिवर्तनमा सकारात्मक प्रभाव पारेको देखिएको छ ।

अनलाईन समिक्षा कार्यक्रमका सहभागीहरुका अनुसार तालिम पछि सहकर्मीहरु संगको सम्वन्धमा सुधार आएको, संञ्चार सीपमा सुधार आएको, तनाव घटेको र कार्य क्षमता वढेर कर्मचारीको ब्यक्तित्व विकासमा समेत सहयोग पुगेको जस्ता सकारात्मक प्रभावहरु देखिएका छन् । तालिममा सहभागी कर्मचारीहरुले सिकेको ज्ञानका कारण उनीहरुका सहकर्मीहरुमा पनि सकारात्मक परिवर्तन ल्याउन सकेको सहभागीले जनाएका छन् ।
तालिमका वेला सिकेको ज्ञान र सो को कार्यान्वयनको अवस्था बुझ्न र तालिमको प्रभावकारीता मुल्याङ्कन गर्ने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले समिक्षा आयोजना गरेको थियो ।
उक्त समिक्षा कार्यक्रमको समापनमा वोल्दै स्वावलम्बन विकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीले व्यवहारमा परिवर्तन ल्याउन सक्नु भनेको निकै ठुलो कुरा भएको वताए । तनाव मुक्त हँुदा मात्र राम्रो शब्द वोल्न सक्ने र वोल्दा सहि शब्द चयन गर्नु र वोल्नु अघि एकपटक सोच्नु आवश्यक हुने गिरीको धारणा थियो । सहभागीहरुलाई गिरीले एक पटक आफ्नो कामको समिक्षा आफै गर्न पनि सुझाव दिएका छन् ।
सो अवसरमा केन्द्रका निर्देशक सतिस श्रेष्ठले व्यवसायिक प्रगतिको शुभेन्छा सहित सहभागीहरुलाई धन्यवाद दिनु भयो । १४ जना प्रशिक्षार्थीहरु सहभागी उक्त कार्यक्रममा नेरुडे लघुवित्त वित्तीय संस्था लि. की सम्झना लामा र उपकार लघुवित्त वित्तीय संस्था लि. का चित्र बहादुर श्रेष्ठ अवलोकनकर्ताको रुपमा सहभागी थिए ।
सो अवसरमा वोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठले लघुत्तिहरुले सामाजिक उद्यमशीलता प्रवद्र्धकको नीति अवलम्बन गरी आफ्ना सबै सदस्यहरुलाई उद्यमी वनाउन आग्रह गरे । “हामीले विगतको गल्तिवाट पाठ सिक्नुु जरुरी छ । अव हरेक लघुवित्त सदस्यलाई उद्यमी वनाउनु पर्छ र उनीहरुलाई गरीबी वाट मुक्त हुन सघाउनु पर्छ ।” श्रेष्ठले भने । लघुवित्त संस्थाहरुले लघुवित्त कार्यक्रमको मर्म, सिद्धान्त, लक्ष र उद्देश्य अनुरुप काम गरे सफलता आफै हासिल हुने र यसको लागि प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरुको भूमिका प्रमुख रहने हुँदा उहाँहरुलाई उदाहरणीय वन्न श्रेष्ठले आग्रह गरे ।
यस तेस्रो अनलाईन संवाद श्रृं्खलाको छलफलको विषय “लघुउद्यमशीलता प्रवद्र्धन तथा विकास”का वक्ता महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. का प्रमुख कार्यकारी अधिकृत डा.सुमित्रा मानन्धर गुरुङ्गले लघुवित्त क्षेत्रमा लघुउद्यमशीलता विकासको सम्भावना तथा लघुवित्तको पुँजीलाई स्थानीय कृषिजन्य उद्योग, व्यवसाय र उत्पादनहरुको प्रवद्र्धन र विकासमा परिचालन गर्न सकिने सम्भावना वारे आफ्नो प्रस्तुती राखेकी थिइन् ।
सो अवसरमा डा. सुमित्राले लघुवित्त संस्थाहरुले स्थानीय स्तरमा उपलव्ध सीप, प्रविधि तथा व्यवसायको पहिचान गरी प्रवद्र्धन गर्नु पर्ने र यसको आधारमा आफ्ना हरेक सदस्यलाई उद्यमी वन्न पे्ररित गर्नु पर्ने वताईन् । “लघुवित्तको अन्तिम लक्ष भनेको सदस्यहरुको आय आर्जन वढाउने हो । पूँजी संगै नयाँ किसिमका तालिमहरु मार्फत सदस्यहरुको सीप र क्षमता विकास गर्नु पनि जरुरी छ ।” डा सुमित्राको भनाई थियो । सोही प्रसंगमा डा. सुमित्राले महिला सहयात्राले लघुउद्यमशीलता विकासमा गरेका कामको चर्चा गर्दै सदस्यहरुमा त्यसको सकारात्मक परिणाम आएको जानकारी दिइन् ।
प्रस्तुतीको क्रममा डा. सुमित्राले लघुवित्त संस्थाहरुले उद्यमशीलता विकास तथा प्रवद्र्धनको लागि संस्थाका  सञ्चालक देखि सदस्यहरु सम्म विशेष प्रकारको अभिमुखीकरण कार्यक्रम चलाउनु पर्ने र हरेक लघुवित्त संस्थाले विज्ञ सहितको लघुउद्यमशीलता प्रवद्र्धन इकाई खडा गरी अगाडी वढ्नु पर्ने आवश्यकता रहेको वताईन् । प्रस्तुति माथि वेविनारमा उपस्थितहरुले प्रश्न तथा जिज्ञासा पनि राखेका थिए ।

कार्यक्रमका सहजकर्ता नेपाल ग्रामिण विकास समाज केन्द्र का अध्यक्ष मणी कुमार अज्र्यालले लघुवित्त संस्थाले उद्योग व्यवसायको विकास तथा विस्तारको लागि आफ्ना सदस्यहरुलाई पुँजी र उत्पादनको वजारिकरणमा पनि सघाउनु पर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरु मध्येवाट ग्रामिण प्रविधि केन्द्र नेपालका वरिष्ठ सल्लाहकार गणेशराम श्रेष्ठले गरिव तथा विपन्नको जीवनस्तर माथि उकास्न उनीहरुलाई पूँजी र सीप दुबै सन्तुलित तरिकाले उपलब्ध गराएर अगाडी वढ्नु पर्ने धारणा राखे ।
लघुवित्त संस्थाहरु मार्फत लघुउद्यमशीलता विकास र प्रवद्र्धन गर्ने उद्देश्यले स्वावलम्बन विकास केन्द्रले यो वेविनारको आयोजना गरेको हो । यसमा सहभागीहरुले आफ्ना अनुभव तथा सिकाईको आदान प्रदान गर्नुका साथै भविस्यमा थप योजना वनाउने अपेक्षा गरिएको छ । वेविनारमा नेपाल भरिका ५० जना भन्दा वढी लघुवित्तकर्मीहरुको सहभागिता रहेको थियो ।

समाचार

सुचना