स्वावलम्बन विकास केन्द्र

हाम्रो बारेमा

स्वावलम्बन विकास केन्द्रले समाजका विपन्न र पिछडिएको वर्गको आर्थिक तथा सामाजिक उत्थानका लागि भूमिका निर्वाह गर्दै आएको छ । यस केन्द्रले सामुदायिक विकास कार्यक्रमको माध्यमबाट अधिराज्यका दुर्गम तथा विकट जिल्लाका वासिन्दाहरुको आर्थिक तथा सामाजिक उत्थानमा सहयोग पु¥याउँदै आएको हो । यसका साथै बैंकिङ्ग सुविधाबाट वञ्चित भई आफ्नो सीप परिचालन गर्ने अवसर पाउन नसकेका विपन्न परिवारका मानिसहरु, खासगरी महिलाहरुलाई स्वावलम्बन बैंकिङ्ग कार्यक्रमको माध्यमबाट विभिन्न आयमूलक कार्यक्रमका लागि बिना धितो स–साना कर्जा सेवा उपलब्ध गराउँदै आएको थियो । यस केन्द्रले सन् २०११ मा आफ्नो सम्पूर्ण लघुवित्त कार्यक्रम बैंकलाई हस्तान्तरण बाँकी अंश...

पृथ्बीलाई क्यासिनो ठान्ने प्रबृतिले मानवजातिको अस्तित्व संकटमा ः प्रो. मोहम्मद युनूस

सन् २००६का नोवेल शान्ति पुरस्कार विजेता प्रो. मोहम्मद युनूसले पृथ्वीलाई जुन सुकै उपाय लाएर पनि क्यासिनो जस्तै पैसा वनाउने साधनको रुपमा हेर्ने मानवीय प्रबृति वढ्दै जाँदा मानव जातिको अस्तित्व नै संकटमा परेको चेतावनी दिएका छन् । साथै युनूसले जथाभावी प्राकृतिक स्रोतको दोहन वन्द गरी दिगो विकासको अवधारणा अनुसार काम गर्नु पर्ने सुझाव पनि दिएका छन् ।

सामाजिक व्यवसाय विश्व शिखर सम्मेल २०७८को अवसरमा २०७८ कार्तिक २३ गते मंगलवार स्वावलम्वन विकास केन्द्रले आयोजना गरेको नेपाल सभालाई सम्वोधन गर्दै उनले यस्तो धारणा राखेका हुन ।“नयाँ अर्थतन्त्रको विजारोपण गराँँै ः समय अहिले हो  (Planting the Seeds of New Economy: Time is Now)”  बाँकी अंश...

३ शून्य क्लबको कोशी प्रदोश सम्मेलन सम्पन्न शून्य गरीवी, शून्य बेरोजगारी तथा शून्य खुद कार्वन उत्सर्जनका लागि ६ बुँदे घोषणापत्र पारित

वर्तमान विश्वका तीन वटा ठूला समस्या गरिबी, रोजगारी र खुद कार्बन उत्सर्जनलाई शून्यमा झार्न  थ्री जिरो क्लबको प्रवद्र्धन मार्फत युवा पुस्तालाई नेतृत्वमा ल्याउने उद्देश्यले कोशी प्रदेशको विराटनगरमा २०८१ वैशाख ५मा सम्पन्न भएको छ । सम्मेलनले ६ बुँदे घोषणापत्र सर्व सम्मितिले पारित गरेको छ । साथै सम्मेलनमा उपस्थित यूवाहरुले ३ शून्य क्लबको माध्यमबाट गरिबी, रोजगारी, शून्य खुद कार्बन उत्सर्जनको अन्त्यका लागि एकजुट भइ विभिन्न गतिविधिहरुलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन भने युवाहरुका कृयाकलापमा  विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गर्ने चासो देखाएका छन् । घोषणापत्र अनुसार सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने, क्लबको वार्षिक बाँकी अंश...

उद्यमशीलता विकास तालिम कार्यक्रम सम्पन्न १३ वटा संस्थाका २० जना लघुवित्तकर्मीहरु दिक्षित

लघुवित्त तथा लघुवित्त गर्ने सहकारी संस्थाहरु मार्फत गरीब तथा विपन्न वर्गलाई आत्मनिर्भर र उद्यमी बनाई समुदायमा उद्यमशीलता फैलाउने उद्देश्यका साथ स्वावलम्बन विकास केन्द्रले विगत २ वर्ष देखि लघुवित्तकर्मीहरुको क्षमता विकास गर्ने कार्यमा जोड दिएको छ । लघुवित्तका सदस्यहरुलाई समृद्ध र संस्थाहरुलाई दिगो बनाउने उपायएको रुपमा यस अभिायनालाई अद्दि सारेको हो । सोही कार्यक्रम अनुसार मिति २०८० चैत्र १८ देखि २१ गते सम्म चार दिने उद्यमशीलता विकास तालिम सम्पन्न भएको छ । लघुवित्त तथा लघुवित्त गर्ने सहकारी संस्थाका शाखा प्रबन्धक तथा फिल्ड कर्मचारीहरु लक्षित गरी आयोजीत उक्त तालिम कार्यक्रममा १३ वटा संस्थाका २० जना कर्मचारी दिक्षित भएका छन् ।
बाँकी अंश...

चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा ८ वटा विधामा ३८ वटा व्यक्ति र संस्था सम्मानित

२०८० फाल्गुन ५ र ६ गते सम्पन्न चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको अवसरमा लघुवित्त संस्था, लघुवित्त सदस्य, लघुवित्त कर्मचारी, केन्द्र प्रमुख र  तीन शून्य क्लब गरी ३८ वटा विभिन्न विधामा सम्मानित गरिएको छ । जसमा ११ जना केन्द्र प्रमुख, १ वटा केन्द्र, १० जना कर्मचारी, ६ वटा तीन शून्य क्लब र १० जना सदस्य लघुवित्त क्षेत्रमा उत्कृष्ट र उदाहरणीय काम गर्ने लाई सम्मानित गरेको छ । सो समारोहमा विशेष अतिथिहरु प्रतिनिधि सभाका सदस्यहरु माननीय भगवती चौधरी र माननीय लीला नाथ श्रेष्ठले सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।

समाचार

सुचना


Photo Gallery


भिडियो

किसान व.स.सं. लि. संगको छलफल प्रतिवेदन

  

नेरुडे ल.वि.सं.लि. संगको वेविनार प्रतिवेदन

सहकारी संस्थाहरु संगको वेविनार प्रतिवेदन

12th Social Business Day, 2022 _English

१२औँ सामाजिक व्यवसाय दिवय २०७९

सामाजिक व्यवासय विश्व शिखर सम्मेलन , नेपाल कन्ट्रि फोरम २०७८

दोस्रो दिनको समाचारपत्र

पहिलो दिनको समाचारपत्र

पुरस्कार मनोनयन फारम

१३औँ सामाजिक व्यवसाय दिवस, नेपाल फोरम

१२औँ सामाजिक व्यवसाय दिवस, नेपाल फोरम, अंग्रजी

१२औँ सामाजिक व्यवसाय दिवस, नेपाल फोरम, नेपाली

Glimpse December 2024

 

स्वावलम्बन सम्बाद-७

Glimpse September-2023

वार्षिक प्रतिवेदन २०७९/८०

वार्षिक प्रतिवेदन २०७८/०७९

वार्षिक प्रतिवेदन २०७७।७८

कथा शान्ता शिम्खडाको