स्वावलम्बन विकास केन्द्र

३ शून्य क्लबको कोशी प्रदोश सम्मेलन सम्पन्न शून्य गरीवी, शून्य बेरोजगारी तथा शून्य खुद कार्वन उत्सर्जनका लागि ६ बुँदे घोषणापत्र पारित

वर्तमान विश्वका तीन वटा ठूला समस्या गरिबी, रोजगारी र खुद कार्बन उत्सर्जनलाई शून्यमा झार्न  थ्री जिरो क्लबको प्रवद्र्धन मार्फत युवा पुस्तालाई नेतृत्वमा ल्याउने उद्देश्यले कोशी प्रदेशको विराटनगरमा २०८१ वैशाख ५मा सम्पन्न भएको छ । सम्मेलनले ६ बुँदे घोषणापत्र सर्व सम्मितिले पारित गरेको छ । साथै सम्मेलनमा उपस्थित यूवाहरुले ३ शून्य क्लबको माध्यमबाट गरिबी, रोजगारी, शून्य खुद कार्बन उत्सर्जनको अन्त्यका लागि एकजुट भइ विभिन्न गतिविधिहरुलाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन भने युवाहरुका कृयाकलापमा  विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गर्ने चासो देखाएका छन् । घोषणापत्र अनुसार सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने, क्लबको वार्षिक कार्ययोजना निर्माण गर्ने, सामुदायिक विकासका लागि यूवा परिचालन गर्ने, यूवा स्वरोजगार तथा गरिबी निवारण अभियान सञ्चालन गर्ने, जनचेतना अभिवृद्धि गर्ने जस्ता कार्यलाई प्राथमिकता दिइने छ । यसको साथै लघुवित्तको महत्वका सहित  वित्तीय साक्षरता फैलाउने, युवाहरुका लागि उद्यमशीलता विकास केन्द्र (इन्क्युबेशन सेन्टर)हरु निर्माण गर्ने, फोहोरमैला व्यवस्थापनलाई प्राथमिकता दिने, खाली क्षेत्रमा बृक्षारोपण गर्नेे, युवा पलायन रोक्न स्वदेशमै सम्भावना र श्रोतहरुको पहिचान गरी क्लबका सदस्य लक्षित रचनात्मक र आयआर्जनका गतिविधिमा जोड दिने जस्ता विषय पनि समेटिएका छन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आयोजना गरेको उक्त सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री माननीय केदार कार्की प्रमुख अतिथि रहुनु भएको थियो भने प्रतिनिधिसभा सदस्य माननीय योगेन्द्र मण्डल, स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकर मान श्रेष्ठ र मोरङ जिल्लाको धनपालथान  गाउँपालिकाका अध्यक्ष जीवछ प्रसाद गच्छदारको विशेष उपस्थिति रहेको थियो ।३ शून्य क्लबको अवधारण अहिले विश्वका फैलिएको छ भने ५४ वटा देशहरुमा गरी कुल ३हजार १सय २०वटा ३ शून्य क्लबहरु दर्ता भएका छन् । जसमध्ये नेपालमा सबै भन्दा धेरै २००४ वटा थ्री जीरो क्लबहरु प्रवद्धृन गरेको छ भने देस्रा धेरै बंगलादेशले १सय ७६ वटा थ्री जीरो क्लबहरु प्रवद्र्धन गरेको छ । नेपालमा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड एक्लैले ९ सय वटा ४५ थ्री जीरो क्लबहरु दर्ता गरेको छ ।

सम्मेलनलाई सम्बोधन गर्ने क्रमर्मा  मूख्यमन्त्री केदार कार्कीले परिवर्तनको लागि युवा नेतृत्व जरुरी भएको उल्लेख गर्नुभयो । े “युवाहरु यथास्थितिमा सन्तुष्ट नभई परिवर्तन चाहान्छन् । जो यथास्थितमा रमाउन खोज्छ त्यो अनुशरणकर्ता हो नेतृत्वकर्ता होइन । त्यसैले अहिलेको समाज र विश्वका समस्या गरीबी, बेरोजगारी र खुद कार्वन उत्सर्जनलार्इृ शुन्यमा झार्न हामी परिवर्तनकर्ता हुनु पर्छ र यसको लागि युवाहरुलाई अघि सार्नु जरुरी छ । पहिला हामीले आफुमा परिवर्तन ल्याउनु पर्छ र विस्तारै समाज बदूल्नु पर्छ । ” कार्कीले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य माननीय योगेन्द्र मण्डलले युवाहरुले अहिलेको नेतृत्व वर्गलाई पनि सहिवाटोमा हिडाउन पहल गर्नु पर्ने धारणा राख्नुभयो । “हाम्रो प्राथमिकता बेरोजगारी र गरिबी अन्त्य गर्ने तथा  शून्य कार्बन उत्र्सजन गर्ने हो ।  मैले प्रतिनिधि सभाको सदस्यको हिसावले सदनमा दूई थरी सदस्य देखेको छु । एक थरी सानातीना स्वार्थका कुरामा अल्झने गरेका हुन्छन् । उनीहरुले साना साना क्षणीक फाइदा हेर्छन । समाज वा देशका ठूला समस्या कसरी समाधान गर्ने बारे वास्ता गर्दैनन् । अर्को थरी सदस्य जीम्मेवार छन् । समाज तथा देशको लागि केही गर्नु पर्छ भन्ने ऊर्जा भएका सदस्य छन् तर काम गर्न श्रोत साधनको कमी हुन्छ । म युवाहरुलाई यस्तो सदस्यहरुलाई युवाहरुले सहीवाटोमा हिँडाउन र असल कर्म गर्नका लागि  जिम्मेवार बनाउनु पर्छ ।

सो अवसरमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा सम्मेलनका विशिष्ट अतिथी शंकर मान श्रेष्ठले युवाहरुलाई समाजिक रुपान्तरणको शक्तिको रुपमा पहिचान गरी परिचालन गर्नु पर्ने धारणा राख्नु भयो ।  “थ्री जिरो क्लबको अवधारणा एक दशक अघि नोबेल पुरस्कार विजेता तथा ग्रामीण बैंक बंगलादेशका संस्थापक प्रो. मोहम्मद युनुसले परिकल्पना गर्नु भएको हो ।  तर यसको कार्यान्वयन सन् २०२१ जुलाईमा आयोजित ११ औँ सामाजिक व्यवसाय दिवस पछि मात्र भएको हो । देशको सामाजिक–आर्थिक रुपान्तरणका लागि प्रमुख शक्ति भनेको युवाहरु हुन तर नेपालमा उत्पादनमूलक उद्देश्यका लागि युवाको परिचालन हुने गरेको छैन । युवाहरुले आफ्नो ध्यान सामाजिक, आर्थिक रुपान्तरणमा केन्द्रित गर्नुपर्छ र परिवर्तन सम्बाहकको  रुपमा युवाहरुलाई प्रयोग गर्नुपर्छ । आफ्नो समाज र देशलाई समग्र रुपान्तरण गर्न युवामा नैतिकता, असल चरित्र र सिद्धान्त हुनुपर्छ ।जून कुरा ३ शून्य क्लबमा आवद्ध भै सके पछि क्लबका हरेक सदस्यमा हुन्छ र त्यसको परिणाम विस्तारै समाजमा देखिदै जान्छ । युवाहरुमा स्वरोजगार सिर्जना गर्न विद्यायलयहरुमा पनि ‘पढ्दै, कमाउँदै ’ लाई प्राथमिकता दिनुपर्छ । म आशा गर्छु कि सन् २०४० सम्ममा तीन शून्य क्लबहरु देशभर फैलिनेछन् ।  अन्ततः ३ शून्य क्लबहरुको प्रवद्र्धन र सक्रियताले हरेक समाज तथा देशमा विद्यमान समस्याहरु समाधानमा बल पुग्छ ।” श्रेष्ठले भन्नुभयो । 
धनपालथान गाँउपालिका, कोशी प्रदेश, मोरङका अध्यक्ष श्री जीवछ कुमार गच्छदारले ३ शून्य  क्लबले कार्बन उत्सर्ज, बेरोजगारी र गरिबी जस्ता साझा समस्यामा काम गर्ने भएकोले भविष्यमा े ३ शून्य  क्लबको आवश्यकता र अपरिहार्यता अझ धेरै हुने बताउनु भयो । साथै यस्ता समस्याको समाधानको लागि थ्री जिरो क्लबहरुले ठूलो भुमिका खेल्ने जानकारी दिनुभयो ।
सम्मेलन आयोजक संस्था जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय कुमार मण्डलले निरन्तर रुपमा ३ शून्य क्लबको प्रवद्र्धनलाई अघि बढउँदै समाज परिवर्तनमा योगदान गर्ने अठोट गर्नु भयो । “थ्री जीरो क्लबले परिकल्पना गरेको र प्रस्तुत गरेको अवधारणलाई  सही ढंगले उपयोग गर्यौँ भने मात्र हामीले आशातित लाभ लिन सक्नेछौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आगामी दिनमा पनि निरन्तर रुपमा थ्री जिरो क्लबको प्रवद्र्धन, सहजीकरण र विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ ।” मण्डलले भन्नुभयो ।

सम्मेलनको एक प्रमुख आकर्षणको रुपमा स्थानीय कला र सँस्कृति झल्कने लोकगीत तथा अन्य लोकप्रिय प्रस्तुतिहरु रहेका थिए । साथै कलाकारहरुले स्थानीय संस्कृति र भेषभूभषा पनि झल्ेकको थियो ।
कार्यक्रममा ३ शून्य क्लबका प्रमुख व्यक्तिहरु, उप प्रमुख लगायत सदस्यहरुले शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्वन उत्सर्जन सम्बन्धी सिकाई तथा अनुभवहरु प्नि साँटेका थिए । प्रतिनिधिसभाका माननीय सदस्य योगेन्द्र मण्डल, कोशी प्रदेशका माननीय सांसद ऋषिकेश पोखरेल र कोशी प्रदेशका वन तथा वातावरण सचिव श्री विशाल घिमिरेले विषयगत सत्रको सहजीकरण गर्नुभएको थियो । त्यसैगरी, वातावरण विज्ञ पुजा विश्वास र सामाजिक उद्यमी मनिषा झा ले पनि आ–आफ्नो क्षेत्रमा हासिल गरेको अनुभव साँटनु भएको थियो ।  कार्याक्रममा थ्री जिरो क्लबको प्रवद्धृनका तथा गठनमा सहजीकरणको उत्कृष्ट भूमिका निर्वाह गरेका  पाँच वटा तीन शून्य क्लबलाई पनि सम्मान गरिएको थियो ।
सम्मेलनमा थ्री जीरो क्लब, विभिन्न विद्यालयका वालवालिका तथा शिक्षकहरु, जन प्रतिनिधि,  नीति निर्माता, सामाजिक व्यवसायका अभियन्ता,  लघुवित्त र सहकारीकर्मी तथा सरोकारवालाहरु समेत गरी करिब ३५० जनाको सहभागिता रहको थियो ।

समाचार

सुचना